नेपालमा पनि पत्रकारलाई कोरोना संक्रमण: महासंघ पर्साका पदाधिकारीसहित ४ पत्रकार संक्रमित भएको पुष्टि

वीरगञ्ज । नेपालमा पहिलो पटक पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्सामा ३९ संक्रमितमध्ये नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीसहित ४ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

चैत ३१ मा तीन जनामा पहिलो संक्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका ४ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

वीरगञ्जमा रहेका सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटाले महासंघका पदाधिकारीसहित ४ जनालाई कोरोना संक्रमण भएको भन्दै अन्यको पनि परीक्षण हुनुपर्नेमा जोड दिए । उनले पत्रकारको स्वास्थ्य सुरक्षामा ध्यान दिन माग गरेका छन् ।