कोरोना संक्रमण पहिलो पटक स्वास्थ्यकर्मीलाई : कपिलबस्तुकी एक नर्स संक्रमित !

काठमाडौं । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ । कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो स्वास्थ्यकर्मीमा देखिएको पहिलो संक्रमण हो ।

तौलिहवा अस्पतालले विभिन्न क्वारेन्टाइनमा बसेकाहरुबाट स्वाब संकलनका क्रममा नर्सलाई कोरोना संक्रमण भएको अनुमान गरेको छ । संक्रमित नर्स आफ्नै घरमा जाने गरेकाले उनको घरपरिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

तौलिहवा अस्पतालमा ६७ जनाले काम गर्छन् । जिल्ला स्वास्थ्य कार्यालयले अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुमा कोरोना परीक्षणको तयारी गरिएको बताए । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमितको रुपन्देहीको बुटवलमा उपचार भइरहेको छ ।