रत्ननगरमा ४५ जनाले गरे रक्तदान

चितवन । रत्ननगर १५ मा रहेको कृपा नेपालको आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । सो कार्यक्रममा छहारी टोल र पुस्पाञ्जली टोल बिकास सस्थाका युवाहरुको सहभागीता रहेको स्थानिय समाजसेवी बिष्णु लम्सालले जानकारी दिए । वडा नं १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम कृपा नेपालका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा  सम्पन्न भएको थियो ।