प्राईम कर्मसियल बैंकद्धारा खैरहनी र राप्तीमा राहत वितरण

चितवन । प्राईम कर्मसियल बैंकले चितवनको खैरहनी र राप्ती नगरपालिकाका ५ सय घर परिवारलाई राहत स्वरुप चामल र दाल वितरण गरेको प्राईम बैंक भरतपुर शाखा प्रमुख पदम राज पौडेलले वताउनुभयो ।


चितवन जिल्लाको खैरहनी नगरपालीका वडा नम्वर १० र ११ तथा राप्ती नगरपालीकाको वडा नम्वर ६,७ र ८ मा विश्वमहामारी कोभिड १९, र सोको कारण नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । वडा कार्यालयहरुले अझै पनि राहत पाउनबाट वञ्चित रहेको जानकारी गराएपछि वैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको भरतपुर शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । खैरहनी वडा नम्वर १० मा ७५,वडा नम्वर ११ मा ७५ तथा राप्ती वडा नम्वर ६ मा एक सय १० ,वडा नम्वर ७ र ८ का लागि प्रति वडा एक सय २० परिवारका लागि पुग्ने राहत सम्वन्धीत वडाध्यक्षलाई हस्तान्तरण गरिएको थियो । प्राईम कर्मसियल वैंक भरतपुर शाखा प्रमुख पदमराज पौडेलले राहत विवरणको पत्र सम्वन्धीत वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेका थिए ।
राहत वडामा हस्तान्तरण पश्चात खैरहनी वडा नम्वर १० र ११ को वडा कार्यालयले ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई तत्काल वितरण गरेका थिए । खैरहनीमा लकडाउन पछि दुई पटक राहत वितरण गरिसकेको छ । त्यस क्रममा छुटेकाहरुलाई वैंकले दिएको राहत वितरण गरिएको वडाध्यक्षहरुले वताउनुभयो ।
भरतपुर शाखा प्रमुख पौडेल ले चितवन जिल्लामा ६ वटा शाखा कार्यलय सहित देशभर २०० भन्दा बढी शाखा सन्जाल रहेको प्राईम कमर्सियल बैंकले केन्द्रिय तथा स्थानिय रुपमा कोभिड १९ अन्तर्गत पिडितवर्गलाई विभिन्न किसिमले राहत वितरण गर्दै आएको वताउनु भयो । कोरोना भाईरसको संक्रमण पश्चात प्राईम वैंकले सरकारी कोभिड १९ राहत कोषमा एकमुष्ट १ करोड ७५ लाख रुपैयाँ सहयोग गरिसकेको प्राईम वैंक नारायणगढ शाखा प्रमुख विरोध अधिकारीले वताउनुभयो ।