कोरोना त्रास: नेपालगञ्जमा आज ७ जनामा पुष्टि, संक्रमितको संख्या ८२ पुगेपछि तीन दिन कर्फ्यु

काठमाडौं, बैशाख २३ । बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् ।आज भेटिएकासहित नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको रिपोर्टमा ७ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले आज विहान ११ बजेदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यु लगाउने घोषणा सोमबार नै गरिसकेको छ ।