
चितवन । जिल्लाको सडकमा वेवारिसे पैसा फेला परेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा भेटिएको हो । एक व्यक्तिले उक्त रकम सडकमा फालेर भागेको स्थानियले बताएका छन् ।
अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।