जंगली च्याउ खाँदा १९ जना बिरामी, २ गम्भीर बिरामी सहितको भरतपुरमा उपचार हुँदै

चितवन । जंगली बिषालु च्याउ खाएर चितवनमा १२ जना र नवलपुरमा ७ जना  बिरामी परेका छन भने २ जना सिकिस्त बिरामी भएका छन । बिषालु च्याउ खाँदा कालिका-३, पदमपुरका ७ जना र भरतपुर- २९, जुगेडीका ५ जना बिरामी  परेका हुन । पदमपुरका ३४ बर्षिय शिव चौधरी २७ बर्षिय समिक्षा चौधरी २४ बर्षिय अनिता चौधरी २५ बर्षिय निरजकुमारी चौधरी ४० बर्षिय सीतावती देवी ४५ बर्षिय लखन चौधरी र २७ बर्षिय पुजा चौधरी रहेका छन। उनीहरुको अहिले भरतपुर सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ ।
बिरामी मध्ये २४ बर्षिय अनिता चौधरीको अबस्था गम्भीर रहेको हस्पिटलका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिनु भयो । उनीहरूले अस्ति नजिकैको जङ्गलबाट च्याउ ल्याइ खाएका थिए । सो च्याउ खाएका उनीहरू हिजो उपचारका लागि अस्पताल पुगेका थिए ।
त्यस्तै
भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामीको पनि भरतपुर अस्पतालमा उपचार भै रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । उनीहरुले पनि घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।
च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई पनि हिजो बिहान भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामी मध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उता पूर्वी नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा पनि  शनिबार राति जंगली च्याउ खाँदा ७ जना बिरामी परेका थिए । उनीहरु मध्ये ३ जनाको  मध्यबिन्दु अस्पतालमा उपचार  भएको र ४ जनाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गरि हिजो घर फर्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।