भारतमा कोरोना : ४० हजारमा संक्रमण, १,३२३ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट ४० हजार भन्दा धेरैजना संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म १० हजार ८ सय १९ जना उपचारपछि घर फर्किएका छन् । झण्डै २८ हजार जनाको उपचार चलिरहेको छ ।

भारत कोरोना अति प्रभावित देशको सूचीमा १६औँ स्थानमा पुगेको छ । पछिल्ला केहीदिनदेखि भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । हरेक दिन एक हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । अन्य देशको तुलनामा भारतमा मृत्यु दर भने कम देखिएको दावी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।