कोरोनाको कहरः विश्वभर मर्नेको संख्या दुई लाख ४४ हजार नाघ्यो

काठमाडौं, बैशाख २१ । कोरोना भाइरसका कारण आईतबार विहानसम्म विश्वभर दुई लाख ४४ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ४४ हजार ५ सय ९६ नाघेको छ।

त्यस्तै, ३४ लाख ७९ हजार आठ सय ७५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ११ लाख आठ हजार ६५ जना कोरोना संक्रमित निको भइसकेका छन्।