नेकपाको सचिवालय बैठक अपरान्ह ४ बजे बस्ने

काठमाडौं, २० वैशाख । नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले केही ठोस निर्णय लिने नेताहरुले बताएका छन्।बैठकमा बस्नु अघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले आजै खुमलटार निवासमा पूर्व माओवादीका केही नेताहरुसँग छलफल गरेका छन् । भने माधवकुमार नेपाल र अन्य नेताहरु पनि आन्तरिक छलफलमा जुटेको बुझिएको छ ।वैशाख १७ गते बसेको बैठकले विवादित बिषयमा सहमति जुटाउने गरि बैशाख २० गते अर्को बैठक बोलाउने सहमति भएको थियो ।