अमर बचत तथा ऋण सहकारी संस्थाद्धारा ५० हजार आर्थिक सहयोग

गोविन्द घिमिरे, गैँडाकोट १५ वैैशाख । पुर्वि नवलपरासीको गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकालाई जिल्लाको अमर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १६ मा अवस्थित अमर बचत तथा ऋण सहकारी संस्थाले दुई नगरपालिकालाई ५० हजार रुपैँया आर्थिक सहयोग गरेको हो । गैँडाकोट नगरपालिको विपत व्यवस्थापन कोषमा रु.३० हजार र देवचुली नगरपालिकाको खाद्य बैकंको लागी २० हजार रुपैयाँ उपलव्ध गराइएको संस्थाका सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । कोरोना भाईरसका कारण मुलुकमा लकडाउन जारी रहेकोले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम उपलव्ध गराइएको उहाँले बताउनु भयो ।गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल र कार्यकारी अधिकृत रामप्रसाद आचार्यलाई संस्थाका अध्यक्ष प्रजापति कडेलले चेक हस्तान्तरण गर्नुभएको थियो ।त्यसैगरी देवचुली नरपालिकाका उपप्रमखु पार्वता तिवारीलाई सहकारी संस्थाका उपाध्यक्ष कुलराज सुवेदी यमुनाथ शर्मा कोषाध्यक्ष आनन्द शर्मा, सदस्य युगेन्द्र कोईराला र ब्वयस्थापक देवेन्द्र खड्काको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।वि.स.२०५७ सालमा स्थापना भएको अमर वचत तथा ऋण सहकारी संस्थामा ४ हजार ५ सय सेयर सदस्य रहेका छन ।