झापामा थपिए एक जना कोरोना संक्रमित: संक्रमितको संख्या ५२ पुग्यो, १६ जना उपचारपछि फर्किए घर

काठमाडौं, बैशाख १४ । नेपालको पूर्वी क्षेत्र झापामा आज थप एक जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

अधिकारीका अनुसार कोशी अञ्चल अस्पताल विराटनगरमा आज गरिएको परीक्षणमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने उपचारपछि १६ जना निको भइ घर फर्किएका छन ।