वैशाख २५सम्म लकडाउन थपियो, नयाँ मोडालिटी तयार

काठमाडौं, १४ वैशाख । सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २५ वैशाखसम्मका लागि लकडाउन थपेको हो । सरकारले एकमन्त्रीले लकडाउन थप्ने निर्णय भएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको रोकथामका लागि भन्दै सरकारले ११ चैत्रबाट लकडाउन भएको हो । सरकारले पटक पटक गरी लकडाउन २५ गतेसम्म लम्ब्याएको हो ।

मन्त्रिपरिषदमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको हिजोको बैठकले गरेको प्रस्ताव अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले लकडाउन लम्ब्याउने प्रस्ताव गरेका थिए । लकाउनमा यसपटक मोडालिटीसहितको प्रस्ताव पारित भएको बुझिएको छ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाएर लम्ब्याउने विषय उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ ।

नयाँ मोडालिटीमा अत्यावश्यक सेवा अन्र्तगतको स्वास्थ्य, कृषि, दैनिक उपभोग्य सामाग्रीलगायतलाई निश्चित मापदण्ड तोकी संचालनको अनुमति दिइने उल्लेखरहेको बुझिएको छ । शैक्षिक संघसंस्था, सार्वजनिक यातायात, हवाई सेवा अझै खुल्न नदिइने भएको छ हवाई सेवा २ जेठसम्मका लागि निषेध गर्ने निर्णय भइसकेको छ ।