नेपालमा हालसम्म ५१ जनामा कोरोना पुष्टि, १२ जना स्वस्थ्य भई फर्किए

काठमाडौं, १४ वैशाख । अहिलेसम्म ५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण शनिबारसम्म ४९ जनामा पुष्टि भएको थियो । पर्सा वीरगञ्जका थप दुई जनामा पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उक्त महामारीको संक्रमणमा परेका १२ जना उपचारपछि स्वस्थ्य भई फर्किएको पनि जनाइएको छ ।