हवाइ सेवामा लकडाउन जेठ २ गतेसम्मलाई थपियो, अन्य क्षेत्रका लागि के–के भयो निर्णय ?

काठमाडौं। हवाइ सेवामा आगामी जेठ २ गतेसम्मका लागि लकडाउन कायमै रहने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो । अन्य क्षेत्रमा लकडाउन कहिलेसम्म कायम राख्ने भन्ने विषयमा भने समितिमा निर्णय भएन । यसको निर्णय मन्त्रिपरिषदले नै गर्न सिफारिस गर्दै बैठक सकिएको हो ।