जमुनापुर हेल्प सोसाइटीद्वारा रत्ननगर नगरपालिकालाई स्वास्थ सामाग्री सहयोग 

चितवन । जमुनापुर हेल्प सोसाइटी रत्ननगर-१२ द्वारा रत्ननगर नगरपालिकालाई स्वास्थ सामाग्री सहयोग गरिएको छ । सस्थाको तर्फबाट २० सेट पिपिई  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेललाई आज हस्तान्तरण गरिएको हो । सस्थाका सल्लाहकार समिति संयोजक कपिलदेव सुवेदी, सल्लाहकार मथुरा थापा, सचिव बिनोद अधिकारी, कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाले नगरपालिकालाई सो पिपिई हस्तान्तरण गरेका हुन । साथै सो सस्थाले रत्ननगर वडा नंं.१२ काे कार्यालयलाई १३ क्वीन्टल चामल तथा १००/१०० पिस मास्क र सेनीटाईजर सहयोग गरेको थियो । त्यस्तै सो सस्थाले रत्ननगर-१२ को शिबधारा दुग्ध उत्पादक सहकारी सस्था,कालिका-६ को सिराइचुली दुग्ध उत्पादक सहकारी सस्था सहित ७ वटा दुग्ध उत्पादक सहकारीलाई कुल ५०० पिस मास्क तथा १०० पिस सेनिटाईजर सहयोग गरेको सस्थाका कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाले जानकारी दिए ।