गैँडाकोटका नगर प्रमुखको पहलमा रोकिएर रहेका १६० यात्रु बाग्लुङ प्रस्थान

गोविन्द घिमिरे,११ बैशाख, गैँडाकोट ।
गैँडाकोटमा झण्डै एक महिनादेखि बस्दै आएका बाग्लुङ्ग पर्वतका विभिन्न स्थानका सर्वसाधरणहरु नगरप्रमुख छत्रराज पौडेलको पहलमा आज साँझ घरतर्फ प्रस्थान गरेका छन ।गैँडाकोट नगरपालिकाले विभिन्न कामका शिलशिलमा गैँडाकोट आएर रोकिएका १६० जना सर्वसाधरणलाई आज साँझ गाडी चढाएर उनिहरुकै घर पठाएको हो ।उपचार अध्ययन र लकडाउनका कारण रोकिएका उनिहरुलाई चारवटा गाडीको ब्यवस्था गरि घर पठाइएको नगरप्रमुख छत्रराज पौडेले बताए ।

नगरपालिका परिसरबाट साझ ७ वजे गाडी चढेका स्थानीयहरु भोली विहान ५ वजे घर पुग्नेछन । चितवन तनहु र कास्की हँदै जाने चारवटा बसलाई सहजरुपमा पुर्याउनका लागी सोहि जिल्लाका स्थानीय तहसँग समन्वय गरिएको पौडेलले बताए ।गैँडाकोटमा लामो समयदेखि रोकिएका सार्वसाधरणहरुलाई गन्तव्यतर्फ पुयाउन सफा सुन्दर हरियाली अभियान गैँडाकोटले सहयोग गरेको छ।अभियानका संयोजक गणेश सापकोटाले नगरपालिका परिसरमै मास्क, ग्लोब्स र सेनेटाईजरको प्रयोग गरि सुरक्षित तवरले यात्रुहरुलाई गन्तव्यमा पठाइएको बताए ।बसमा यात्रागर्नुपुर्व सवै यात्रुको ज्वरो समेत जाँच गरिएको थियो ।गैँडाकोटबाट गएका अधिकांस यात्रुहरु बिहुँ ,कुश्मीसेरा र गलकोटका रहेको अभियानका सदस्य हरि पौडलले बताए ।बाग्लुङ र पर्वतका लागी प्रस्थान गरेका बसहरु संक्रमणको जोखिमका कारण रित्तै फर्कने छन ।