ब्रोइलर कुखुरा बिक्रि नभएपछि चिन्ता व्यक्त गर्दै इच्छाकामना-३, कमेरे कि कमला लम्साल(भट्टराई)

चितवन । इच्छाकामना गाउँ पालिका-३, कमेरे कि कमला लम्साल (भट्टराई) को ब्रोइलर कुखुरा ६० दिनका भए । ४० देखि ४५ दिनमा बिक्री गर्नुपर्ने सो कुखुरा बिक्री नहुँदा उनलाई लाखौं रुपैयाको नोक्सानी भएको छ । दुई हजार कुखुरा भएको खोरमा अहिले करिब १ हजार जति बाँकी रहेको र लकडाउनले गर्दा सो कुखुरा बिक्री गर्न नसकेको उनले बताइन् । सामाजिक संजालमा उनले कुखुरा मरेर सत्यानास भएको भन्दै दुखेसो पोखेकी छन । हालै मात्र उनलाई १० लाख भन्दा बढी घाटा भएको बताइन् । उता बारीको तरकारी पनि नबिकेर लाखौंको घाटा भएको उनले बताइन् ।
हाल चितवनमा मात्र दैनिक कुखुरा व्यबसाय बाट १ करोड रुपैया भन्दा धेरै को नोक्सान भएको कुखुरा व्यवसायिहरुले बताएका छन ।