राजपा नेपाल चितवनद्वारा पार्टी एकताको स्वागत

चितवन । राष्ट्रिय जनता पार्टी नेेपाल (राजपा) चितवनले आज एक विज्ञप्ती जारी गरी पार्टी एकताको स्वागत गरेको छ । राजपा र समाजबादी पार्टी एक भइ बनेको जनता समाजबादी पार्टी नेपाल बन्नुुले आम पार्टी कार्यकर्तामा खुसियाली छाएकाे र पार्टीलाई थप मजबुत बनाउन सबै नेता, कार्यकर्ता एक भएर लाग्न राजपा नेपाल चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तीमा भनिएको छ । साथै हाल देशमा कोरना महामारीको त्रास रहेकोले सबै नेपालीलाई संयमीत हुन र सरकारले अनुरोध गरेको लकडाउनलाई साथ दिन समेत अनुरोध गरिएको छ ।