नेपाल पनि कोरोनाको उच्च जोखिममा, संक्रमितको कुल संख्या ४२ जना

काठमाडौं, वैशाख ९ । आज (मंगलबार) एकै दिन उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ जना र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।