उदयपुरका थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं, बैशाख ९ । उदयपुरमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकाश देवकोटाले कोरोना भएको पुष्टि गर्नुभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।