सुरक्षित सहकारीले कोरोना माहामारी रोकथामका लागि एक लाख ३० हजार सहयोग गर्ने

चितवन । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रणका लागि दुई वटा स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ ।
संस्थाको ‘सामाजिक हित कोष’बाट स्थानीय निकाय स्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा नगद सहयोग गर्ने घोषणा गरेको हो । सो सहकारीले कालिका नगरपालिकालाई १ लाख ५ हजार र रत्ननगर नगरपालिकालाई २५ हजार रुपैयाँ सहयोग गर्ने जनाएको हो । साथै सस्थाले समितिका उपाध्यक्ष ओमप्रसाद लामिछानेको संयोजकत्वमा जोखिम ब्यबस्थापन कार्यदल समेत गठन गरेको सस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सो सस्थाले खोलेसिमल र टाँडीमा रहेको आफ्नो कार्यालय मार्फत शेयर सदस्य हरुलाई सेवा दिदै आएको छ ।