चितवन कोरोनाको उच्च जोखिममा: रत्ननगरको एक महिलामा पनि आरडिटी पाेजेटिभ

चितवन । चितवनको रत्ननगरमा र्यापिट डाईग्नोसिस टेस्ट (आरडिटि) गर्दा एकजनामा रियाक्टिभ देखिएको छ । गुन्जमानसिहं अस्पतालमा गरिएको र्यापिड टेस्टमा एक महिलामा रियाक्टिभ भेटिएको हो । रत्ननगर वडा नम्बर दुईमा बसेकी एक महिलामा रियाक्टिभ देखिएपछि उनको थप परिक्षणको लागि भरतपुर कोरोना अस्पताल पठाइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । उनको बारेमा थप विवरण खुलाइएको छैन ।