अमेरिकामा मृतक ३७ हजार १५८ जना, स्वास्थ्य सामाग्रीको अभाव, स्थिति नियन्त्रण बाहिर जाने संकेत

एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म २ सय १० मुलुकमा त्राहिमाम मच्चाईरहेको छ । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले अमेरिकामा ह्वात्तै खनिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुने र संक्रमण हुनेको संख्या विश्वमै उच्च रहेको छ । अहिलेसम्म ३७ हजार १५८ जनाको मृत्यु भैसकेको छ भने ७ लाख १० हजार २१ जना संक्रमित भएका छन । अमेरिकाका अस्पतालहरुमा भैरहेको उपचार ब्यवस्थामा पनि संकट उत्पन्न भएको चिकित्सकहरुले खुलासा गरेका छन ।