देशभित्र नयाँ संक्रमित थपिएका छैनन्, संक्रमित संख्या १६ जनामै स्थिर

काठमाडौं, ४ वैशाख । देशभित्र बितेको दुई दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिएको रयापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आएकाहरुको आरटी पीसीआर गर्दा नेगेटिभ आएको जानकारी दिए । उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए ।

१५ जना उपचारका क्रममा रहेको बताए । वीरगञ्जको छपकैयामा गरिएको रयापिड टेष्ट ४ सयजनाको भएको र सबैजना नेगेटिभ नतिजा आएको बताए ।