कोरोना संक्रमण:१ लाख ३४ हजारको मृत्यु, २० लाख ८३ हजार संक्रमित

वैशाख ४, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६ सय १५ जना पुगेको छ। कोरोनाले २० लाख ८३ हजार ३ सय ४ जना संक्रमित भएका छन्। त्यस्तै ५ लाख १० हजार३४१ जना निको भएका छन्।

कोरोना भाइरसले बुधबार अमेरिकामा १५ सय ५८ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा बुधबार मात्रै १४ सय ३८ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १७ हजार १ सय ६७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार छ ।