काठमाडौंको सनसिटी अपार्टमेन्टका तिनै जनामा कोरोना पुष्टि

काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो ‍¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा तिनै जनाको नतिजा पोजेटिभ देखिएको हो । यद्यपी यस विषयमा सरकारी अधिकारीहरुले सूचना दिन मानिरहेका छैनन् ।
टेकु स्थित प्रयोगशालाका उच्च अधिकारीसँग सोध्दा यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक जानकारी गराउने बताए । तर अस्पतालमा भर्ना भएका आमा, बुहारी र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको इन्कार भने गरेनन् । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । अहिले अपार्टमेन्ट क्षेत्र पुरै लक डाउन गरिएको छ । त्यहाँ अरु सयौँ बस्दै आएका थिए ।