कोरोना सङ्क्रमण: १ लाख १८ हजारको मृत्यु, अमेरिकामा मात्रै २२ हजारले ज्यान गुमाए

काठमाण्डौ । कोरोना भाइरसले शनिबार अमेरिकामा ८ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २२ हजार ९५० पुगेको छ। अमेरिकामा ५ लाख ७३ हजार संक्रमितमध्ये १३ हजार ५  सय जना नयाँ संक्रमित थपिएका हुन् ।

बेलायतमा शुक्रबार एकै दिन ७ सय १७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म ११ हजार ३१९ जनाले ज्यान गुमाएका छन्। ८८ हजार ६ सय जना संक्रमित मध्ये ४ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन्।

फ्रान्समा कुल मृतकको संख्या १४ हजार ३९३ पुगेको छ । संंक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ ।
इटलीमा एकै दिन ५६६ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २० हजार ६५जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ५९ हजार ५सय संक्रमित छन् । जसमा ३ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा एकै दिन २ सय ८० जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ६९ हजार ५ सय संक्रमित छन्। जसमा २ हजार ६ सय ६५ जना नयाँ संक्रमित भएका छन्।

अहिलेसम्म इरानमा ४ हजार ५ सय ८५, चिनमा ३ हजार ३ सय ४१, बेल्जियममा ३ हजार ९ सय ३, जर्मनीमा ३ हजार ३७, नेदरल्याण्डमा २ हजार ८ सय ८३, ब्राजिलमा १ हजार २ सय ७० र स्विजरल्याण्डमा १ हजार १ सय ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरि भारतमा ३ सय ५८ जनाको मृत्यु भएको छ भने १० हजार ४ सय ५३ जना संक्रमित छन् ।

एसियामा कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार छ भने १० हजार ४३० जनाको मृत्युु भएको छ ।

कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार राति १२ बजेसम्म १ लाख १८ हजार ३ सय ७४ जना पुगेको छ। कोरोनाले १९ लाख ३ हजार ६१६ जना संक्रमित भएका छन्। त्यस्तै ४ लाख ३९ हजार जना निको भएका छन्।
उपचाररत १३ लाख ४२ हजार ५ सय जनामध्ये ५१ हजार ५ सय जनाको अवस्था गम्भीर छ । यो भाइरस विश्वका २ सय १० देशमा पुगेको छ ।