नेपालमा २ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितकाे संख्या १४ पुग्यो

काठमाडौं । सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हाे । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ ।

उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् ।

अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।