कोरोना भाइरस: अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी, २९ चैत्र । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नाघेको छ । मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ । मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ छ । अमेरिकाले मृतकको संख्यामा इटालीलाई पनि उछिन्ने देखिएको छ ।

यसैगरी २४ घन्टाभित्र विश्वभर संक्रमितको संख्या झण्डै एक लाखले बढेको छ । संक्रमितको संख्या १७ लाख नजिक छ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ९३ छ ।-Photo Source: agency