भारतमा कोरोना फैलाएको आरोप नेपालका गाउँपालिका अध्यक्षलाई

काठमाडौँ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना फैलाएको आरोप लागेको छ ।भारतीय सुरक्षाकर्मी तथा मिडियाले अध्यक्ष जालीम मिँयामाथि भारतमा कोरोना फैलाएको आरोप लगाएका हुन् ।भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालीम मियाले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा पठाएर कोरोना फैलाएको आरोप लगाएका हुन् । गाउँपालिका अध्यक्ष मियाले भने भारतीय सुरक्षाकर्मी र भारतीय मिडियाले निराधार आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उक्त आरोपको खण्डन गरेका छन्।