काठमाडौंबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं । उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाएका हुन्।