सरकारद्धारा भोलि र पर्सि काठमाडौँ बाहिर जान दिने निर्णय, प्रवेश गर्न भने नपाइने

काठमाडौँ, २७ चैत । काठमाडौँ बाहिर जान चाहनेका लागि सरकारले भाेलि र पर्सि जान दिने निर्णय गरेकाे छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले भोलि र पर्सि काठमाडौँ बाहिर जान पाउने व्यवस्था मिलाएको हो ।

सम्बन्धित स्थानीय तहको समन्वयमा सरकारले काठमाडौँ उपत्यका बाहिर जान चाहनेका लागि गाडीको व्यवस्था समेत मिलाएको छ ।

काठमाडौँबाट बाहिर जाने छुट दिइए पनि काठमाडौँ प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।