कोरोना संक्रमण: भारतमा १४९ जनाको मृत्यु, संक्रमितको संख्या ५ हजार १ सय ९४ जना

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट छिमेकी देश भारतमा संक्रमितको संख्या ५ हजार नाघेको छ । भारतका विभिन्न राज्यमा १ सय ४९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट भारतमा ५ हजार १ सय ९४ जना संक्रमित भएका छन् । ४ सय २० जना भने उपचारपछि घर फर्किएका छन् । भारतले कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनलाई थप बलियो बनाउन थालेको छ ।