काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले परेको समस्याप्रति आफू संवेदनशील भएको बताएका छन् ।राष्टका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि लकडाउन गर्नु बाध्यता भएको स्पष्ट पारेका छन् ।लकडाउनका बेला सबैले संयमित भएर पालना गरेकोमा सबैप्रति धन्यवाद दिए ।स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको उच्च सम्मान गर्दै धन्यवाद दिएका छन् ।