प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं । आज (सोमबार) दिउँसो २ बजेको मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । आज बस्ने बैठकमा लकडाउनको समय थप्नेबारे निर्णय हुनेछ । बैठकमा दुई सातादेखिको लकडाउनको समीक्षा पनि हुनेछ ।

बैठकपछि देशवासीका नाममा प्रधानमन्त्रीले सम्भवत आजै सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतको भनाइ छ । यद्यपि प्रधानमन्त्रीको सम्बोधन कहिले/कतिखेर हुने भन्नेबारे मन्त्रिपरिषदको बैठकपछि मात्रै थाहा हुने स्रोत बताउँछ । दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।