
काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भएका लिबियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रिलको मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी काइरोमा मृत्यु भएको हो ।
जिब्रिल काइरोस्थित अस्पतालमा १० दिनदेखि आइसोलेसनमा थिए ।
उनी सन् २०११ मा गृहयुद्धका बेला साढे सात महिना लिबियाको अन्तरिम प्रधानमन्त्री भएका थिए ।