हङकङका ब्यबसायी आकाश बन्जाराद्वारा ´सानो घर´ लाई सहयोग

चितवन । हङकङमा लामो समयदेखि व्यबसाय गर्दै आएका युवा व्यबसायी आकाश बन्जाराले रत्ननगर- २ सुब्बाचोकमा रहेको अनाथ आश्रम ´सानो घर´ लाई खाद्यान्न सहयोग गरेका छन । बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा सो आश्रममा खाद्यान्न अभाव भएको थाहा पाई उनले १ महिनालाई पुग्ने सामाग्रीहरु सहयोग गरेका हुन् । सो खाद्यान्न सहयोगको ब्यबस्थापन चितवनका युवा समाजसेवीहरु अमृत वस्ती, मनोज गुरुङ, बिकेश भन्डारी र सरोज अधीकारीले गरेका थिए । सो सामाग्रीहरु सानो घरकी संचालक बिमला श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । हङकङमा ब्यबसाय गर्दै आएका युवा समाजसेवी बन्जारा चितवनकै कालिका ६ का बासिन्दा हुन । उनले यस अगाडि पनि विभिन्न संस्था हरुमा सहयोगहरु गर्दै आएका छन ।