कोरोना भाइरस: चीनमा मृत्यु भएका १४ डाक्टरलाई शहीद घोषणा, शनिवार देशव्यापी शोक कार्यक्रम

उनीहरु सबै स्वास्थ्यकर्मीका लागि प्रेरणाको श्रोत हुन । जसले आफै मर्नेसम्मको जोखिम लिएर विरामीको उपचारमा सक्रिय रहे ।

चिनियाँ कम्युनिस्ट पार्टी र सरकारबाट गरिने यो प्रकारको सम्मान निकै उच्च मानिन्छ ।

उनीहरुको सम्मान र सम्झनामा शनिवार देशव्यापी र विश्वभरिका चिनियाँ दूतावासमा झण्डा आधा झुकाइनेछ । शनिवार नै १० बजे विहान देशव्यापी तीन मिनेट शोक मनाइनेछ । शोक धुन बजाइनेछ । गाडी तथा रेलको साइरन बजाएर उनीहरुको सम्मान गरिनेछ ।