चितवनको जयमङलामा रहेको संस्कृत गुरुकुलमलाई पण्डित लामिछाने परिवारद्वारा सहयोग 

चितवन । रत्नननगर- १३ मा रहेको श्रीराम वैदिक संस्कृत गुरुकुलमलाई नगद तथा जिन्सी सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नं.-६ खोलेसिमल निवासी पण्डित शिरोमणि लामिछाने र श्रीमती बालादेवी लामिछानेले रामनवमीको पावन अवसर पारेर सो मन्दिरलाई रु. २५ हजार १ सय ५१ नगद, ५० किलो चामल र श्रीमद्भागवत महापुराणकाे किताब सहयोग गर्नु भएको हो ।
सो अबसरमा श्रीराम वैदिक संस्कृत गुरुकुलमका अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्ष ठाकुर प्रसाद लामिछाने, कोषाध्यक्ष कृष्ण मोहन कायस्थ, प्राचार्य बैकुण्ठ अधिकारी, सहायक प्राचार्य  रामकृष्ण दुवाडी लगायतको उपस्थिति रहेको थियो ।