युवा समाजसेवी तथा व्यवशायी प्रल्हाद सापकोटाको नेतृत्वमा ३५ घरधुरीलाई खाद्यान्न सामाग्री वितरण

रवि रोषी, चितवन । रत्ननगर नगरपालिकाका युवा व्यवशायी तथा समाजसेवी प्रल्हाद सापकोटाको नेतृत्वमा आज विपन्न ३५ घरधुरीलाई आज खाद्यान्न सामाग्री वितरण गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणले आक्रान्त भएको अवस्थामा नेपालमा पनि सुरक्षाको लागि सरकारले लकडाउन जारी गरेपछि दैनिक रुपमा ज्याला मजदुरी गरेर खानुपर्ने वाध्यता भएका वडा नं. १२ र १३ का विपन्न परिवारलाई खाद्यान्न सामाग्रीको अभाव भएको खबर प्राप्त भएपछि सापकोटाको नेतृत्वमा युवाहरुको पहलकदमीमा सो खाद्य सामाग्री वितरण गरिएको थियो ।

उक्त खाद्यान्न वितरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष चित्र वहादुर भण्डारी, व्यवशायी दिपक पौडेल, शुरेश आचार्य, सौगात भुजेल लगायतका युवाहरुको समुपस्थिती रहेको थियो । विश्व महामारीको कारणले देश नै संकटको घडीमा फसेको अवस्थामा विचारलाई हैन विवेकलाई प्रयोग गरेर विद्यमान समस्याको समाधान गर्नु हामी युवाहरुको दायित्व हुने भएकोले हामीले स्वस्फूर्त रुपमा वितरण गरेका हौं, जिज्ञासाको उत्तर दिँदै सापकोटाले बताए ।

नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य तथा तरुणदलका जिल्ला संयोजक सापकोटाकै नेतृत्वमा चैत्र १७ गते पनि १० घर परिवारलाई दैनिक उपभोगको सामाग्री वितरण गरेका थिए ।