कोरोनावाट अमेरिकी प्रसिद्ध न्युरो सर्जन गुडरिचको निधन

अमेरिका । अमेरिकाका एक प्रसिद्ध न्युरो सर्जन डा. जेम्स टी. गुडरिचको कोरोना भाइरसको संक्रमणको कारण निधन भएको छ । स्वर्गीय चिकित्सक गुडरिच टाउको तथा शरिर जोडिएका वालवालिकाहरुलाई सर्जरी गरी छुट्याउन प्रसिद्ध थिए ।

डा. गुडरिच हाम्रो संस्थाको एउटा ज्योति हुनुहुन्थ्यो, उहांलाई हामी सदैव सम्झने छौं, उनी कार्यरत अस्पतालका प्रमुख कार्यकारी अधिकृत फिलिप ओ. ओजले सीएनएनसंग भनेका छन् । स्वर्गीय गुडरिचनले सन् २०१६ मा टाउको जोडिएर जन्मिएका जुम्ल्याहा जेडोन र एनियशलाई ४० जना चिकित्सकहरुको साथ लिएर २७ घण्टा लामो शल्यक्रिया गरी छुट्याएका थिए । सो सर्जरी वालिकाहरु १३ महिनाको हुंदा गरिएको थियो ।

स्वर्गीय गुडरिच सन् २००४ मा फिलिपिन्सका टाउको जोडिएका दुइ वालकहरुको शल्यक्रिया गरेर छुट्याएपछि नै धेरै चर्चा चुलिएको थियो ।

(श्रोत : सीएनएन । तस्विरमा टाउको जोडिएका जेडोन र एनियस)