चितवन लंकुको सरस फुड इन्डस्ट्रीजमा आगलागी

चितवन ।  चितवनको सरस फुड इन्डस्ट्रीजमा आगलागी भएको छ। भरतपुर महानगरपालिका –वडा नं ५  लंकु धारापानी चोक नजिक रहेको इन्डस्ट्रीमा बिहान पौने पाचँ बजेबाट बिजुलीको सर्कीट सट हुदाँ आगलागी भएको हो ।आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणका लागि नेपाली सेना , सशस्त्र प्रहरीबल र भरतपुर महानगरपालिको दमकलले प्रयास गरीरहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।