भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो: संक्रमितको संख्या १,११६ !

एजेन्सी । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । भारतका विभिन्न राज्यमा १ हजार १ सय १६ जना संक्रमित भएका छन् ।

लकडाउन भए पनि भारतको राजधानी नयाँ दिल्लीमा एक दिनमा २३ जना संक्रमित भएका छन् । दिल्लीमा मात्रै ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।