लकडाउनको अवधि अझ ७ दिन बढने, अब २४ चैत्रसम्म लकडाउन हुने

 

समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर लकडाउनको समय बढाउनुपर्ने निर्णय गरेको हो ।

समितिले सरकारलाई थप एक साताको लागि लकडाउन अवधि बढाउन सिफारिस गरेको हो । आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ ।

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनको अवधि अझ ७ दिन बढेर अब २४ चैत्रसम्म लक डाउन हुने छ।