प्रचलित :

काठमाडौं, चैत १५ । विश्वव्यापी रुपमा फैलिएकोकोरोना भाइरस संक्रमणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेकालाई धरौटीमा छाड्ने निर्णय गरेको छ। शुक्रबार अख्तियारले प्रेस विज्ञप्ति निकाल्दै कसुरको गाम्भिर्यताका आधारमा अख्तियारको हिरासतमा रहेका ८ जनालाई धरौटीमा छाड्ने निर्णय गरेको जानकारी दिएको छ।

‘कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि’ समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल आठ जनालाई धरौटी लिएर तारेकमा राख्ने निर्णय भएको छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस !