उपत्यका बाहिर एक जनामा काेराेना भाइरस भेटियाे, संक्रमितकाे संख्या ४ पुग्याे

काठमाडाैं । कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जानकारी दिएकाे हाे । उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। हाल उनको अवस्था सामान्य रहेकाे  मन्त्रालयले जनाएकाे छ । उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए। ३४ वर्षिय ति युवा दुवईबाट नेपाल फर्किएका हुन्। उनको अवस्था खतरामुक्त रहेको देवकोटाले जानकारी दिए।