कोरोना भाइरस: भारतमा २० जनाको मृत्यु, ७ सय २७ संक्रिमित

चितवन । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट भारतमा ज्यान जानेको संख्या २० पुगेको छ । बिहीबार थप ८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको हो । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले भारतमा कोरोनाको संक्रमण हुनेको संख्या ७ सय २७ पुगेको छ । भारतमा एकैदिन ७० जना नयाँ संक्रिमित भेटिएका छन् ।

७ सय २७ जनामध्ये ४५ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।