
पोखरा । क्वारेन्टाइनमा राखिएका एक जनाको मृत्यु भएको छ।
पोखराको रुपा गाउँपालिका निवासी ५० वर्षीय पुरुषलाई भारतको हैदरावादबाट फर्किएपछि कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमै गम्भीर बिरामी भएपछि उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैममा मृत्यु भएको बताइएको छ ।
१२ दिनअघि हैदरावादबाट रुपा गाउँपालिकास्थित घर फर्किएका उनलाई कोरोना आशंकमा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखिएको थियो।
उनी मुटु रोगी भएको र उनको कलेजोमा पनि पानी जमेको चिकित्सकहरुले बताएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्रोतले पोखरा ल्याउने क्रममा ती पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।
उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेकाले मृत्युको कारण कोरोना संक्रमण हो वा अरुनै कारण हो खुल्न सकेको छैन ।