भोलि मंगलबार बिहानदेखि देशभर लकडाउन, अत्यावश्यक बाहेक सम्पूर्ण यातायात बन्द

काठमाडौं, १० चैत । अन्ततः सरकारले मंगलबार बिहानदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले एक सातासम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । जसअनुसार, मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म सम्पूर्ण देश लकडाउन गरिने भएको छ । अब अत्यावश्यक बाहेक सम्पूर्ण यातायात बन्द हुनेछ भने मानिसहरु पनि अत्यावश्यक काममा बाहेक बाहिर निस्कन पाउनेछैनन् । हवाइसेवा पनि मंगलबारबाट बन्द हुने बताइएको छ ।

हेर्नुस् निर्णय जस्ताको तस्तैः